समाचार

६६२ कोरोना संक्रमित थपिए, १३ को मृत्यु

By खबरहब

October 20, 2021

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २२ जनाको पीसीआर परीक्षणमा ५३५ र १ हजार ४०४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ७५८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।