राजनीति

गगन थापा विश्व बैंकको संसदीय सञ्जाल बोर्ड सदस्यमा निर्वाचित

By खबरहब

October 20, 2021

काठमाडौँ- कांग्रेस नेता तथा सांसद गगन थापा विश्व बैंकको संसदीय बोर्ड सदस्यमा निर्वाचित भएका छन् । थापाले सामाजिक सञ्जालमार्फत आफू दि पार्लियामेन्ट्री नेटवर्क अन वर्ल्ड बैंक एण्ड आईएमफको बोर्ड सदस्यमा निर्वाचित भएको जानकारी दिएका छन् ।

उनी २०२१ २०२३ को कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले बोर्ड सदस्यका रुपमा १४० देशका सांसदहरुसँग समावेशी विकासका लागि काम गर्ने बताएका छन् ।