बढी भाडा लिने सुमो नियन्त्रणमा

By खबरहब

October 20, 2021

काठमाडौँ- तोकिएको भाडा दर भन्दा बढी रकम लिने सुमो नियन्त्रणमा लिई प्रहरीले कारवाही गरेको छ ।

गन्तव्य काठमाडौँसम्म पुर्‍याईदिन्छु भनी यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिने ना १ ज ६६२४ नं

को यात्रुवाहक सुमोलाई नियन्त्रणमा लिई कारबाही गरिएको मकवानपुर प्रहरीले जनाएको छ । बढी भाडा फिर्ता गरी उक्त सुमो र सुमो चालक जिल्ला मकवानपुर साबिक पदमपोखरी १ बस्ने बर्ष २९ को सुबास थिङलाई नियन्त्रणमा लिइएकृ प्रहरीले जनाएको छ