बलिउड/हलिउड

आर्यन खान मामलामा अदालतले भन्यो– यो गम्भीर अपराध हो

By खबरहब

October 20, 2021

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानत याचिकालाई एनडीपीएस कोर्टले खारेज गरिदिएको छ । एनडीपीएसका न्यायधिस वीवी पाटिलले २१ पृष्ठको आदेश जारी गर्दै आर्यनको मुद्धा जमानतका लागि उपयुक्र्त नभएको उल्लेख गरेका छन् ।

‘मटेरियल अन रेकर्डले आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुन धमीजा प्राइमा फेसी(प्रथम दृष्टि) मामलामा संलग्न छन् भन्ने कुरा देखाएको छ । यो गम्भीर अपराध हो । यसकारण उनीहरुलाई जमानत दिन सकिँदैन’, आदेशमा भनिएको छ ।

वीवीले प्रमाणलाई हेर्दा उनीहरुलाई अपराध नै गरेको होइन भन्न नसकिने आदेशमा उल्लेख गरेका छन् । उनले जमानत दिएपछि पनि फेरी गलत काम नगर्लान् भन्ने निश्चित नभएको आदेशमा भनेका छन् । आर्यन र सात अन्य व्यक्तिलाई एडीपीएस एक्टको धारा ८३, २०बी, २७, २८ र २९ अन्तर्गत पक्राउ गरिएको थियो ।

आर्यनलाई क्रुज ड्रग्स मामलामा एनसीबीले पक्राउ गरेको थियो । उनीहरुले यो पार्टी अक्टोबर २ गान्धी जयन्तीको दिन गर्ने योजना बनाएका थिए । अभिनेता शाहरुखले आर्यनलाई जेलबाहिर निकाल्ने सबै प्रयास गरिरहेका छन् । तर उनी सफल हुन सकेका छैनन् ।