खेलकुद

जर्मन बन्डेसलिगा : शीर्ष स्थानको बार्यन म्युनिख पराजित

By खबरहब

November 20, 2021

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ।

शुक्रबार राति सम्पन्न खेलमा बायर्न अग्स्बर्गसँग २-१ गोलले पराजित भएको हो ।

खेलको २३औँ मिनेटमा माड्स पेडेरसनले गोल गर्दै अग्स्बर्गलाई सुरूआती अग्रता दिलाएका थिए । ३६औँ मिनेटमा आन्द्रे हानले गोल गरेपछि अग्स्बर्गले २-० को अग्रता लियो ।

३८औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै पनि बायर्नलाई खेलमा फर्काए कोशिस गरे । तर त्यसपछि गोल हुन सकेन र अन्ततः बार्यन पराजित भयो ।बायर्नको यो सिजनको दोस्रो हार हो।

हारपछि पनि बायर्न १२ खेलमा २८ अंकसहित शीर्ष स्थानमा यथावत छ । अग्स्बर्ग १२ अंकसहित १५औँ स्थानमा छ ।