फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा थपिए ५ हजार ८८३ संक्रमित

By खबरहब

November 20, 2021

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ८८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४४ लाख ९५ हजार ५०६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा १२ हजार ७८९ जना निको भएका छन् ।

यो समाचार तयार पार्दासम्म भारतमा १ लाख ३२ हजार ५०३ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा के कति संक्रमितको मृत्यु भयो वा भएन भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।