बलिउड/हलिउड

विक्की र कटरीनाको विवाहमा सय बाउन्सर

By खबरहब

November 20, 2021

मुम्बई(बलिउड लाइफ)– फिल्म ‘सरदार उधम’ अभिनेता विकी कौशल र ‘सूर्यवंशी’ अभिनेत्री कटरीना कैफले केही सातापछि विवाह गर्दैछन् । दुवैको विवाह डिसेम्बर ७ र ९ को बीच राजस्थानस्थित सवाई माधेपुरमा हुँदैछ । यो जोडी आफ्नो विवाहलाई एउटा सपना जस्तो बनाउनका लागि धुमधामका साथ तयारीमा जुटिसकेका छन् ।

उनीहरुले पाहुनालाई जयपुर एयरपोर्टबाट सवाई माधोपुर लैजानका लागि एकैपटक सैयौं ट्याक्सी बुक गराइसकेका छन् । जसकारण जयपुरमा अहिले ट्याक्सी पाउन नै मुस्किल भएको छ ।

अहिले भने उनीहरुको विवाहको सुरक्षाको विषयमा नयाँ खबर सार्वजनिक भएको छ । उनीहरुको विवाहको सुरक्षाको प्रबन्ध गर्न होटल सेक्युरिटीका अलावा अलग्गै सय बाउन्सर राखिएका छन् । जयपुरको एमएच सेक्युरिटी कम्पनीले यसको जिम्मेवारी लिएको छ ।

पाहुनाका लागि रणथंभौर रोडमा रहेको कैयौं पाँचतारे होटल बुक गरिएको छ । उनीहरुको विवाहमा आउने अधिकांश पाहुना मुम्बईका हुनेछन् । पाहुनालाई एयरपोर्टबाट सवाई माधोपुरसम्म बीएमडब्ल्यू, ओडी र रेञ्ज रोभर गाडीहरुमा पुर्‍याइनेछ ।

यसबाहेक दुई भेटिनी भेनको पनि व्यवस्था गरिएको छ । विवाहमा प्रयोग गरिने गाडीका झण्डै ५० ड्राइभरलाई बस्ने व्यवस्था मिलाइएको छ ।