राजनीति

चाक्सीबारीमा प्रकाशमान सिंह र शशांक कोइरालाको वार्ता, मिलेर जानेबारे छलफल

By खबरहब

November 20, 2021

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अर्का नेता प्रकाशमान सिंहलाई उनकै निवास चाक्सिबारीमा पुगेर भेट गरेका छन् ।

नेपाली कांग्रेसको नेतृत्व दावी गरिरहेका महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच पार्टीको १४ औं महाधिवेशनमा मिलेर जाने विषयमा छलफल भएको थियो ।

दुवै नेताका सहयोगीका अनुसार आगामी महाधिवेशनको तयारीका विषयमा छलफल भएको छ ।

महामन्त्री सिंह पछिल्लो समय पौडेल समूहमा असन्तुष्ट रहेको र सभापतिमा उम्मेदवारी दिन एक्लै अघि बढेको चर्चा भइरहेका बेला भएको यो भेटलाई महत्वका साथ हेरिएको छ ।

सिंहलाई भेट्न बिहीबार वरिष्ठ नेता रामचन्द्र पौडेल, शुक्रबार केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि पुगेका थिए ।