फाइल फोटो

राजनीति

केपी ओली नै एमालेको सर्वसम्मत अध्यक्ष बन्नुहुन्छः शेरबहादुर तामाङ

By खबरहब

November 20, 2021

काठमाडौँ– नेकपा (एमाले)का पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको १०औं महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत् रुपमा अध्यक्षमा निर्वाचित हुने बताएका छन् ।

आज काठमाडौँमा आयोजित साक्षात्कारमा नेता तामाङले अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अब एक ढिक्का भएर अघि बढ्ने बताए । उनले १०औं महाधिवेशनमा सर्वसम्मत् रुपमा पदाधिकारी चयन गरिने वातावरण बनेको पनि बताए । तामाङले आफूहरु सहमतिको साथ महाधिवेशन सम्पन्न गर्नतर्फ लागिरहेको बताए ।

महाधिवेशनमा अतिथिको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिईसकिएको र देउवाले पनि आउने विश्वास दिलाएको उनले बताए ।