फाइल फोटो

राजनीति

एमालेको महाधिवेशनमा देउवालाई अतिथिको निम्तो

By खबरहब

November 20, 2021

काठमाडौँ– नेकपा एमालेको आसन्न महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई अतिथिका रुपमा बोलाइएको छ ।

नेकपा एमालेका कार्यलय सचिव शेरबहादुर तामाङले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई अतिथिको निम्तो दिएको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले पनि कार्यक्रममा सहभागी हुने आश्वास दिएको तामाङले बताए ।

तामाङले एमालेका पदाधिकारी सर्वसम्मत चयन गर्नेगरी गृहकार्य भइरहेको पनि बताए ।