फाइल फोटो

राजनीति

शशांकसँगको भेटमा प्रकाशमानले भने–सभापतिको उम्मेद्वारबाट पछाडि फर्कन्नँ

By खबरहब

November 20, 2021

काठमाडौं–नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले वर्तमान महामन्त्री डा. शशांक कोइरालालाई आफू सभापतिको उम्मेद्वारबाट पछाडि फर्कन नसक्ने बताएका छन् ।

ठमेलको चाक्सीबारीस्थित सिंह निवासमा कोइराला र सिंहबीच भएको भेटवार्तामा सिंहले यो कुरा बताएका हुन् ।

नेता सिंह निकट स्रोतका अनुसार सिंहले कोइरालालाई आफू धेरै अगाडि बढिसकेकाले पावर सेयरिङको मामलामा भने छलफल गर्न सकिने बताएका थिए ।

नेपाली काँग्रेसको हुन लागेको १४ औ महाधिवेशनमा कोइराला र सिंह सभापतिका दाबेदार हुन् । शनिबार भएको भेटवार्तामा साझा उम्मेदवार तय गर्ने विषयमा संवादलाई निरन्तरता दिने विषयमा दुवै नेताले सहमति जनाएका छन् ।

यसैबीच कोइरालाले नेता सिंहसँग माफी मागेका छन् । गत सोमबार सर्लाहीमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कोइरालाले नेता सिंहले ‘काठमाडौंबाहिर कसैले नचिन्ने भएकाले सभापतिको दाबेदार आफू भएको’ टिप्पणी गरेपछि नेता सिंह रुष्ट थिए । यही विषयमा कोइरालाले उनीसँग माफी मागेका हुन् ।