खेलकुद

लिभरपुल र टोटेनहमको बराबरी

By खबरहब

December 20, 2021

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटेनहमले बराबरी खेलेका छन् ।

गए राति भएको खेलमा लिभपुल र टोटेनहमबीच दुई–दुई गोलको बराबरी खेलेका हुन् । टोटेनहमका लागि ह्यारी केन र सङहङ मिनले गोल गर्दा लिभरपुलका लागि डियगो जोटा र एन्डी रोबर्टसनले बराबरी गोल फर्काए ।

रोबर्टसनले ७७ औँ मिनेटमा रेर्ड कार्ड खाएपनि त्यसको फाइदा टोटेनहमले उठाउन सकेन ।