खेलकुद

सिटीसँग न्युक्यासल पराजित

By खबरहब

December 20, 2021

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीले न्युक्यासललाई ४–० गोलले पराजित गरेको छ ।

गए राति भएको खेलमा सिटीलाघ जित दिलाउन रुबेन डायस, जोआओ क्यान्सेलो, रियाद मेहराज र रहिम स्टर्लिङले गोल गरे ।

जितपछि सिटी १८ खेलबाट ४४ अंकसहित लिगको शीर्ष स्थानमा कायमै रहँदा टोटेनहमसँग बराबरी खेलेको लिभरपुल ४१ अंकसहित दोस्रो स्थानमा छ। टोटेनहम भने २६ अंकसहित सातौँ स्थानमा छ ।