अन्तर्राष्ट्रिय

चिलीमा ३५ वर्षीय बोरिक राष्ट्रपति बने

By खबरहब

December 20, 2021

काठमाडौँ – चिलीमा वामपन्थी नेता गेब्रियल बोरिक नयाँ राष्ट्रपति बनेका छन् ।

दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टलाई १२ प्रतिशतले मतले पराजित गर्दै ३५ वर्षीय बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

अन्तिम मतपरिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा कास्टको पक्षमा ४४ प्रतिशत मात्रै मत परेको थियो ।

चिलीमा सरकारबिरुद्ध भएको आन्दोलनका क्रममा बोरिकले चिलीमा स्थिर अर्थब्यबस्था अवलम्बन गर्ने बाचा गरेका थिए।