फाइल फोटो

राजनीति

महिला खुला केन्द्रीय सदस्य : डा डिला संग्रौलाको अग्रता कायमै (सूचीसहित)

By खबरहब

December 20, 2021

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा महिलातर्फ खुला केन्द्रीय सदस्यको मतगणना जारी छ ।

पार्टी कार्यालय सानेपामा जारी गणनामा सोमबार ३ बजेसम्म २०६५ मत गणना भएको छ। ९ सिटका लागि ३० जना उम्मेदवार मैदानमा छन् । पछिल्लो परिणाम अनुसार डा. डिला संग्रौलाले सबैभन्दा धेरै १२६८ मत पाएकी छन् । यस्तै दोस्रो रहेकी पुष्पा भुसालले ११९६ मत र तेस्रोमा रहेकी डा आरजू राणा देउवाले १११६ मत पाएकी छन् ।

सबैभन्दा धेरै मत पाउने १० जना उम्मेदवार :

डिला १२६८ पुष्पा ११९६ आरजु १११६ अम्बिका ९९८ ईश्वरी ९८५ सरिता ९४९ रमा ८१३ शुशिला ७९४ रङंमती ७८० अनिता ७७४