राजनीति

देउवालाई भेट्न प्रचण्ड कांग्रेस संसदीय दलको कार्यालयमा

By खबरहब

May 21, 2021

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्नका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस संसदीय दलको कार्यालय पुगेका छन् ।

अध्यक्ष प्रचण्ड आफ्नो दलका नेताहरुसँगको अनौपचारिक छलफल सकेर कांग्रेस संसदीय दलको कार्यालय पुगेका हुन् । माओवादी प्रमुख सचेतक देव गुरुङ भने एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक चलिरहेको स्थानमा पुगेको जनाइएको छ ।

कांग्रेसले आफ्ना सांसदहरुलाई समेत दलको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । त्यसैअनुसार कांग्रेस सांसदहरु दलको कार्यालयमा पुग्ने क्रम शुरु भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा सभापति देउवासहित महामन्त्री डाक्टर शशांक कोइराला र कृष्णप्रसाद सिटौला लगायतका नेताहरु पुगेका छन् ।