इनसाइट/स्पेशल

नेपाल ‘भ्रमण वर्ष २०२०’को प्रचार खर्च ३० करोड

By खबरहब

August 21, 2021

काठमाडौँ– नेपाल ‘भ्रमण वर्ष २०२०’को प्रचार खर्च ३० करोड खर्च भएको छ । सरकारले ‘भिजिट नेपाल २०२०’ को प्रचारका नाममा गरेको करोडौं रुपैयाँ खर्च त्यतिकै खेर गएको देखाएको छ ।

सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने योजनासहित कार्यक्रमहरु तय गरेको थियो ।

विश्वमा महामारीको रुपमा कोरोना भाइरस फैलिँदा ३० करोड ३९ लाख ८८ हजार रुपैयाँ खर्च खेर गएको हो ।

महालेखाको ५८ औं प्रतिवेदनले भ्रमण वर्षको योजनामा कोरोना बाधक बनेपनि करोडौं रकम खर्च भएको देखाएको छ । प्रतिवेदनले प्रचार–प्रसार, उद्घाटन, खेल इभेन्ट अन्तर्राष्ट्रिय सम्मेलन/गोष्ठी/सेमिनारमा भएको उक्त रकम अनुत्पादन भएको उल्लेख छ ।

सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष बनाएर २० लाख विदेशी पर्यटक नेपाल ल्याउने लक्ष्य लिएको थियो । तर, विश्वव्यापी रुपमा कोरोना महामारी फैलिँदा अहिले पर्यटन व्यवसाय सबैभन्दा बढी प्रभावित बनेको छ ।