रोचक/विचित्र संसार

८ हत्यारा मारिएको पेस्तोल ७० करोडमा बिक्री !

By खबरहब

September 21, 2021

खतरनाक सिरियल किलर, डाकाजस्ता अपराधिको इन्काउन्टरको प्रसंग वर्षौसम्म चर्चामा रहन्छ । उनीहरुको जीवनीमा आधारित भइ कैयौं फिल्म बनेका छन्, केही उपन्यास पनि लेखिएका छन् । प्रहरी र जाँच एजेन्सीले उनीहरुसंगबाट बरामद भएका सामग्री संग्रह पनि गर्दछन् । तर के यस्ता खतरनाक अपराधि मारिएको बन्दुक सय वर्षभन्दा बढी सम्हालेर राखिन्छ होला ? वा के यसको लिलामी (बिक्री) करौडौंमा हुन्छ होला ?

अमेरिकामा ८ व्यक्तिको हत्यारा जेलबाट फरार भएपछि जुन पेस्तोलले मारिएका थिए त्यही पेस्तोल ७० करोड ६२ लाखभन्दा बढीमा लिलामी भयो । यसमा रोचक त के छ भने यो पेस्तोल करिब सवा सय वर्षदेखि सम्हालेर राखिएको थियो । जसका कारण उक्त पेस्तोलले यति धेरै मुल्य पाउन सक्यो ।

अमेरिकाका कुख्यात खूंखार डाका बिली द किड (Billy the Kid) लाई मारिएको पेस्तोलले लिलामीमा यति धेरै मूल्य पाउन सकेको हो । बिलीलाई शेरिफ पेट गैरेटले मारेका थिए । डेली मेलको रिपोर्ट अनुसार सोही पेस्तोलले अप्रत्याशित रूपमा लिलामीमा ६ मिलियन डलर पाएको हो ।

बिली द किडको बालापनको नाम हेनरी मैककार्टी थियो । जसलाई उनले बदलेका थिए । बिलीलाई ८ व्यक्तिको हत्या अपराधमा सन् १८८१ अप्रैलमा २१ बर्षको उमेरमा फाँसिको सजाय सुनाइएको थियो । तर बिली जेलबाट फरार भयो । त्यसको केहि महिना पश्चात उनलाई सोहि पेस्तोलले गोली हानी हत्या गरीएको थियो ।

स्रोत : जी न्यूज