फाइल फोटो

अन्तर्राष्ट्रिय

कोरोनाले भारतमा थप २४ हजार ९२५ संक्रमित, २५१ संक्रमितको मृत्यु

By खबरहब

September 21, 2021

काठमाडौँ– भारतमा थप २४ हजार ९२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३५ लाख २ हजार ७४४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख १५ हजार २६९ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन २५१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ४१६ पुगेको छ ।