बलिउड/हलिउड

६० दिनपछि जमानतमा रिहा भए राज कुन्द्रा

By खबरहब

September 21, 2021

मुम्बई(बलिउड हंगामा)– पोर्नोग्राफी मामलामा जेलमा रहेका बलिउड अभिनेत्री शिल्पा शेठ्ठीकी पति राज कुन्द्रा ६० दिनपछि जमानतमा रिहा भएका छन् । मुम्बई कोर्टले राजको जमानत निवेदनमाथि फैसला गर्दै उनलाई जमानत दिने आदेश दिएको हो ।

पोर्नोग्राफी मामलामा व्यापारी राजलाई ५० हजार धरौटीमा जमानत दिएको हो । राजमाथि अश्लील फिल्म बनाएको र त्यसलाई ओटीटी प्लेटफर्ममा रिलिज गरेको आरोप छ ।

राजले सेप्टेम्बर १८ मा अदालतमा जमानतको लागि निवेदन दिएका थिए । उनले आफ्नो वकिल प्रशान्त पाटिलमार्फत जमानतको निवेदन दिएका थिए । जसमाथि सोमबार सुनुवाई गरिएको थियो ।

पोर्नोग्राफीमा मामलामा मुम्बई क्राइम ब्राञ्चका अधिकारीले १५ सय पृष्ठको चार्ज सिट तयार पारेको थियो । जसमा ४३ जना साक्षीको बयान राखिएको थियो ।

राजलाई जुलाई १९ मा पक्राउ गरिएको थियो । उनीविरुद्ध भारतीय खण्ड संहिता र सूचना प्रौद्योगिकी अधिनियमको विभिन्न धारा अनुसार मामला दर्ता गरिएको थियो ।