समाचार

डुम्रे–बेँसीशहर सडक एकतर्फी सञ्चालन

By खबरहब

September 21, 2021

दमौली- सोमबार राति परेको वर्षापछि गएको पहिराले अवरुद्ध डुम्रे–बेँसीशहर सडकखण्ड एकतर्फी सुचारु भएको छ ।

तनहुँको भानु नगरपालिका–८ स्थित पाँचसय फाँटमा पहिरा जाँदा अवरुद्ध भएको सडकखण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

सडकभन्दा माथिको ढिस्को खसेर लेदोसहितको पहिराले सडकखण्ड अवरुद्ध हुँदा सवारीसाधन रोकिएका थिए ।

उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएपछि रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

सडक डिभिजन कार्यालयका सहयोगमा जेसिभी प्रयोग गरी पहिरो पन्छ्याएर दुईतर्फी सञ्चालनमा ल्याउने काम भइरहेको छ ।