मनोरञ्जन

‘घिन्ताङ’मा गौरव र केकीको फरक लुक्स

By खबरहब

September 21, 2021

काठमाडौं– निर्माता तथा निर्देशक दीपक श्रेष्ठको फिल्म ‘घिन्ताङ’को छायांकन सुरु भएको छ । पनौतीबाट सुरु भएको छायांकनको काम २० दिनमा सकिने निर्देशक श्रेष्ठले बताए ।

फिल्ममा गौरव पहारी, केकी अधिकारी, नीर शाह, मदनकृष्ण श्रेष्ठ, रमेश अधिकारी, संगम भण्डारी र दीपाश्रीि निरौलाको अभिनय रहनेछ । फिल्म युनिटले गौरव र केकीको लुक्स पनि सार्वजनिक गरेको छ ।

राज लामाको प्रस्तुतिमा निर्माण भइरहेको फिल्ममा संकल्प भुजेलको छायांकन, दीपक शर्माको संगीत छ ।