सांकेतिक तस्वीर ।

अपराध

भरुवा बन्दुकसहित पक्राउ

By खबरहब

September 21, 2021

सिन्धुली- इलाका प्रहरी कार्यालय डकाहाको टोलीले आज भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।

घर तथा गोठमा भरुवा बन्दुक लुकाइ छिपाइ राख्दै आएको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई घरैबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा दुधौली नगरपालिका–२ जलकिनी र तीनचम्केका रहेका छन् ।

जलकिनी निवासी ५० वर्षीय नरबहादुर बस्नेत, ५५ वर्षीय शिवबहादुर कार्की, ४३ वर्षीय चुडाबहादुर राउत र तीनचम्के निवासी ७२ वर्षीय जितबहादुर बरैमगर र ४० वर्षीय भुवनबहादुर रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।