बर्लिन म्याराथनमा जान लागेका धावक पार्कीको बिदाइ

By खबरहब

September 21, 2021

काठमाडौँ- जर्मनीमा आयोजना हुने बर्लिन म्याराथनमा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीलाई बिदाइ गरिएको छ ।

नेपालगञ्ज म्याराथनले मंगलबार काठमाडौँमा धावक पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपालगञ्ज म्याराथनका टिएस ठकुरीलगायतले उनीहरुलाई बिदाइ गरे ।

बिदाइमा उनीहरुलाई ट्रयाक सुट प्रदान गरिएको थियो । बिदाइमा बोल्दै धावक पार्कीले उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता जनाए । यस म्याराथनको महत्व छुट्टै रहेको भन्दै उनले सहभागिता जनाउन पाउँदा खुसी रहेको धारणा राखे ।

विश्व चर्चित बर्लिन म्याराथन जर्मनीको बर्लिनमा सेप्टेम्बर २९ मा हुनेछ । पार्की पछिल्लो संस्करणको नेपालगञ्ज म्याराथनको विजेता हुन् ।