lrtjg, % c;f]hM kfFrf+}+ lhNnf ;ef ;Daf]wg jfUdtL k|b]zsf d'VodGqL ci6nIdL zfSo lhNnf ;dGjo ;ldlt lrtjgdf dªunaf/ cfof]lht kfFrf+}+ lhNnf ;efnfO{ ;Daf]wg ub}{ tl:a/M gf/fo0f clwsf/L÷/f;;

राजनीति

प्रादेशिक अस्पताललाई प्रभावकारी बनाउँछौः मुख्यमन्त्री शाक्य

By खबरहब

September 21, 2021

चितवन- वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारका मातहतमा रहेका अस्पतालाई प्रभावकारी सेवा दिन आग्रह गरेकी छन् ।

पूर्वी चितवनस्थित बकुल्लहर रत्ननगर अस्पतालमा मंगलबार आयोजित पिसिआर ल्याब र अक्सिजन प्लान्टको शुभारम्भ गर्दै उनले अस्पताललई थप श्रोत साधन सहयोग गरिने जानकारी समेत दिइन् । यी दुवै उपकरण प्रदेश सरकारले अस्पताललाई उपलब्ध गराएको थियो ।

स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यक देखिएपछि सरकारले स्वास्थ्य मन्त्रालयलाई अलग बनाएको उनको भनाइ छ । मुख्यमन्त्री शाक्यले भनिन्,“सङ्घीय सरकारले प्रादेशिक अस्पताल हस्तान्तरण गर्न ढिला गरेकाले व्यवस्थापकीय पाटोमा समस्या आएको छ ।”

प्रदेशका १३ जिल्लामा रहेका अस्पतालमा पिसिआर मेसिन र अक्सिजन प्लान्ट सञ्चालन भइरहेको उनले बताइन् ।

विसं २०२४ मा हेल्थपोष्टबाट सुरुआत भएको सो अस्पताल अहिले प्रादेशिक ५० श्ययाको स्वीकृत भए पनि ४३ श्यया मात्रै सञ्चालन हुँदै आएको छ ।