काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४२ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ३३५ कोरोना संक्रमितको आईसीयूमा र १०७ को भेन्टिलेटरमा गरी कुल ४४२ जना उपचाररत छन् ।
मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ७५ जना आईसीयूमा र २९ भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी प्रदेश २ मा २ जना आइसीयूमा र बागमती प्रदेशमा १७० जना आईसीयूमा र ६२ जना भेन्टिलेटरमा उपचारत छन् । त्यस्तै गण्डकी प्रदेशमा ४० जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा लुम्बिनी प्रदेशमा ३८ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै कर्णालीमा ४ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ६ जना आईसीयू र ४ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।