सानिमा बैंकको नयाँ शाखा ललितपुरको ढोलाहिटीमा

By खबरहब

September 21, 2021

ललितपुर-  सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ। बैंकले उक्त कार्यालयमार्फत कारोबार पनि शुरु गरिसकेको जनाएको छ।

उक्त कार्यालयको उद्घाटन बैंकका ब्रान्ड एम्बेसडर वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रुपमा गरका हुन्।