चिनियाँ ब्रान्ड चांगनको शोरुम अब काठमाडौंमा

By खबरहब

September 21, 2021

काठमाडौँ– चिनियाँ अटोमोबाइल ब्रान्ड, चांगन विश्वस्तरीय शोरूमका साथ काठमाडौंमा आउने भएको छ। काठमाडौंमा पर्याप्त पार्किंङ क्षेत्रसहित ३ रोपनीको क्षेत्रफलमा चांगनको शोरुम निर्माण गरिने कम्पनीले जनाएको छ।

चांगन अटोमोबाइल तीब्र गतिमा बढिरहेको एक ग्लोबल अटोमोबाइल कम्पनी हो, जुन ६० भन्दा बढी देशहरुमा पहिचान बनाउन सफल भएको छ।

कम्पनीले आफ्नो सेवा र सुविधाको गुणस्तर कायम गर्दै डिजाइन र प्रविधिमा विशेष जोड दिएको जनाएको छ। कम्पनीको निर्माण हुन लागेको विलासी डिजाइनको शोरुम दुवै भित्र र बाहिरबाट उच्चस्तरीय हुने भएकाले यसले ग्राहकहरुको अनुभवमा नयाँ परिभाषा दिने कम्पनीको दाबी छ।

उक्त शोरुमले गुणस्तरीयता अनुभूतिको महसुस गराउँदै सम्पूर्ण नेपाली बजारमा एक बेग्लै किसिमको छाप छोड्ने कम्पनीको विश्वास छ।