फाइल फोटो

देश/प्रदेश

परराष्ट्रमन्त्री खड्का र भारतका समकक्षीबीच न्युयोर्कमा भेटवार्ता हुने

By खबरहब

September 21, 2021

काठमाडौँ–भारतका विदेशमन्त्री एस जयशङ्करले नेपालको परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएकोमा बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले खड्कालाई बधाई दिँदै सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताएका छन् ।

न्युयोकमा रहेका एक भारतीय कूटनीतिज्ञकाअनुसार परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता हुने सम्भावना प्रबल छ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा भारतका विदेशमन्त्री हाल न्यूयोर्कमा छन् भने परराष्ट्रमन्त्री खड्का बिहीबार अपराह्न त्यहाँ पुग्दै छन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को वर्तमान अध्यक्ष नेपालले महासभाका सन्दर्भमा आयोजना गर्दै आएको सार्क मुलुकका परराष्ट्रमन्त्रीको अनौपचारिक बैठक यसपटक अफगानिस्तानको बदलिँदो राजनीतिक परिदृश्यलाई दृष्टिगत गरी स्थगन गरिएका बेला हुनलागेको नेपाल र भारतका विदेशमन्त्रीको भेटवार्तालाई महत्वपूर्ण मानिएको छ ।