काठमाडौँ- लेस्टर सिटीले युरोपा लिग फुटबलमा जित हात पारेको छ ।
बुधबार राति भएको खेलमा लेस्टरले स्पार्टक मस्कोलाई ४-३ गोलले हराएको हो ।
मस्कोको मैदानमा दुई गोलको अग्रता उल्टाएर लेस्टरले जित निकालेको हो ।
लेस्टरको जितमा पाट्सन डाकाले ह्याट्रिकसहित ४ गोल गरे ।
मस्कोका लागि एलेक्सजेण्डर सोबोलेभले दुई तथा जोर्डन लार्सनले एक गोल गरे ।
जितसँगै समूह सीको लेस्टर ३ खेलमा ४ अंकसहित समूहको दोस्रो स्थानमा छ । मस्को ३ अंकसहित तेस्रो स्थानमा छ ।