खेलकुद

च्याम्पियन्स लिग : बार्सिलोनाको पहिलो जित

By खबरहब

October 21, 2021

काठमाडौँ-  यस सिजनको च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले पहिलो जित निकालेको छ  ।

समूह चरण अन्तर्गत बुधबार राति युक्रेनी क्लब डायनामो किभविरूद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै जारी सिजन बार्सिलोनाले पहिलो जित हात पारेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिकेले ३६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितसँगै समूह ई को बार्सिलोनाको ३ खेलमा ३ अंक भएको छ । किभको ३ खेलमा १ अंक छ ।