फाइल फोटो

समाचार

विश्वभर २२ करोड मानिस संक्रमणमुक्त

By खबरहब

October 21, 2021

काठमाडौँ– विश्वभर कोरोनामुक्त हुनेको संख्या २२ करोड नाघेको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार २७३ जना संक्रमणमुक्त भएसँगै कोरोनाबाट निको हुनेको संख्या २२ करोड ४१ हजार २५६ पुगेको हो ।

कुल संक्रमितको संख्या २४ करोड २७ लाख ६५ हजार २९८ जनामध्ये हालसम्म ४९ लाख ३६ हजार ८६१ जनाको मृत्यु भइसकेको छ ।

यही अवधिमा ४ लाख ४८ हजार ८४७ जनामा संक्रमण पुष्टि भएको छ भने ७ हजार ४४८ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार ९८२, रुसमा एक हजार २८, ब्राजिलमा ४०१, टर्कीमा २१४, बेलायतमा १७९ र भारतमा १६० जना छन् ।

थपिने संक्रमितमा अमेरिकामा ७८ हजार १०८, बेलायतमा ४९ हजार १३९, रुसमा ३४ हजार ७३, टर्कीम २९ हजार ७६०, भारतमा १८ हजार ३५९ र ब्राजिलमा १५ हजार ६१० जना रहेका छन् ।

गत २४ घण्टामा अमेरिका ८४ हजार ७५४, बेलायतमा ३६ हजार ८०२, टर्कीमा २८ हजार ८०३, रुसमा २५ हजार २३१, ब्राजिलको २२ हजार ८६७ र भारतमा १७ हजार ५६० जना निको भएका छन् ।