खेलकुद

च्याम्पियन्स लिगमा युभेन्ट्सको संघर्षपूर्ण जित

By खबरहब

October 21, 2021

काठमाडौँ- इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ ।

समूह चरण अन्तर्गत बुधबार राति युभेन्ट्सले जेनिट सेन्ट पिटर्सवर्गलाई १-० गोलले हराएको हो ।

युभेन्ट्सको जितमा डिजान कुलुसेभस्कीले ८६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै युभेन्ट्स ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । जेनिट ३ अंकसहित तेस्रो स्थानमा छ ।