मनोरञ्जन

करिश्माले भेटिन् एमाले अध्यक्ष ओलीलाई

By खबरहब

October 21, 2021

काठमाडौँ– अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत भेटेको जानकारी गराएकी हुन् । तस्बिरसहित स्टाटस् लेख्दै अभिनेत्री मानन्धरले अध्यक्ष ओलीको विचार सुन्दा आनन्द लागेको बताएकी छन् ।

अध्यक्ष ओलीसँग मानन्धरसहित गायीकासमेत रहेकी राष्ट्रियसभा सदस्य कोमल वली र हास्य कलाकार जितु नेपाल पनि थिए ।

केही साता अघि मानन्धरले ओलीले आफूलाई फोन गरेको भन्दै स्टाटस् लेखेकी थिइन् ।