देश/प्रदेश

शिक्षक महासंघले गरायो शिक्षा मन्त्रीको ध्यानाकर्षण

By खबरहब

October 21, 2021

काठमाडौँ– नेपाल शिक्षक महासंघले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ ।

बुधवार महासंघले आफ्ना विभिन्न ३४ सुत्रिय मागबारे जानकारी गराउँदै मन्त्री पौडेलको ध्यानाकर्षण गराएको हो ।

२०७५ सालमा शिक्षा मन्त्रालय र महासंघबीच भएको सहमतिका बुँदा आजका दिनसम्म कार्यान्वयन नभएको भन्दै महासंघले मन्त्री पौडेलको ध्यानाकर्षण गराएको छ ।

३४ सुत्रिय माग राखेर गत वैशाख २० गतेबाट महासंघले निरन्तर आन्दोलन गरिरहेको पनि मन्त्री पौडेलाई जानकारी गराएको छ ।

स्वास्थ्य र दुर्घटना बीमा तथा १० दिने भ्रमण काजको प्रबन्ध शिक्षकलाई पनि हो भनेर राज्यले घोषणा गर्नुपर्ने महासंघले मन्त्री पौडेललाई बुझाएको पत्रमा उल्लेख छ ।