फाइल फोटो

आर्थिक

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

By खबरहब

October 21, 2021

काठमाडौँ– नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको छ ।

हिजोको तुलनामा आज सुन तोलामा ३०० रुपैयाँले बढेको छ । हिजो छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा १ हजार २६० रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।