बलिउड/हलिउड

शाहरुखको मन्नतमा एनसीबीको छापा

By खबरहब

October 21, 2021

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता शाहरुख खानको घर मन्नतमा नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले छापा मारेको छ । शाहरुखका छोरा आर्यन गत अक्टोबर २ मा एक क्रुज ड्रग्स पार्टीमा पक्राउ परेपछि एनसीबीको निशानामा शाहरुखको मन्नत परेको हो ।

एनसीबीका अधिकारीहरुले केही समयसम्म मन्नतमा रहेका थिए । सञ्चारमाध्यमका अनुसार आर्यन पक्राउ परेपछि एनसीबीको नजर शाहरुखमाथि पनि परेको हो ।

एनसीबीका अधिकारीहरु मन्नतको गेटमा रहेका गार्डसँग कुराकानी गरेका थिए । शाहरुख बिहीबार आर्यनलाई भेट्न आर्थर रोडस्थित जेलमा पुगेका थिए ।