देश/प्रदेश

हिन्दू धर्माबलम्बीमाथि भएको आक्रमणको विरोध गर्दै बंगलादेश दूतावास अगाडि प्रदर्शन

By खबरहब

October 21, 2021

काठमाडौँ– हिन्दू धर्माबलम्बीमाथि भएको आक्रमणको विरोध गर्दै नेपालस्थित बंगलादेश दूतावास अगाडि प्रदर्शन भएको छ ।

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघको अगुवाइमा दूतावास अगाडि प्रदर्शन भएको हो ।

बंगलादेशमा हिन्दु धर्मावलम्बीमाथि योजनाबद्ध रूपमा साम्प्रदायिक हिंसा भएको भन्दै त्यसको विरोधमा खबरदारीस्वरुप प्रदर्शन गरिएको संघले जनाएको छ ।

संघले बंगलादेशी राजदूतलाई भेटेर ज्ञापनपत्र पनि बुझाएको छ। प्रदर्शनका क्रममा सम्बोधन गर्दै संघका अध्यक्ष रवी प्रजापतिले कुनै पनि देशका जनताले आफ्नो धर्म मान्न पाउने अधिकार सरकारले सुरक्षित गरिदिनुपर्ने माग राजदूतसमक्ष राखेको बताए।

बंगलादेशमा अक्टोबर १३ देखि १५ को बीचमा साम्प्रदायिक हिंसा भएको र हिन्दुमाथि योजनाबद्ध रूपमा आक्रमण भई ८ जनाको मृत्यु भएको तथा ६ सयभन्दा बढी घर जलाइएको संघले जनाएको छ।