प्रेरक

कस्तो दुःख धैर्यपूर्वक सहने ?

By खबरहब

November 21, 2021

गौतमी नामकी एक स्त्रीको एक मात्र छोरा मर्‍यो । उनी शोकले व्याकुल भएर रुँदै महात्मा बुद्धकोमा पुगिन् र उनको चरणमा परेर बोलिन् । जसरी हुन्छ मेरो छोरोलाई जीवित बनाइदिनुस् । कुनै यस्तो मन्त्र पढ्नुस् कि मेरो छोरा उठ्न सकोस् ।

महात्मा बुद्धले उनीमाथि सहानुभूति देखाउँदै भने, गौतमी शोक नगर । म तिम्रो मृत छोरालाई फेरि जीवित बनाइदिनेछु, तर यसको लागि तिमी यस्तो घरबाट सरस्यूँको केही दाना मागेर ल्याऊ जहाँ कहिल्यै कसैको मृत्यु नभएको होस् ।

गौतमीलाई यस कुराले केही शान्ति मिल्यो । उनी दौडँदै गाउँमा गइन् र यस्तो घर खोज्न थालिन्, जहाँ कसैको मृत्यु नभएको होस् । धेरै खोज्दा पनि उनले यस्तो एउटा पनि घर भेट्टाउन सकिनन् । अन्त्यमा उनी हताश भएर फर्केर आइन् र महात्मा बुद्धलाई भनिन्, यस्तो त एउटा घर पनि छैन, जहाँ कोही न मरेको होस् ।

यो सुनेर बुद्धले भने, गौतमी अब तिमी यो मानेर सन्तोष गर कि केवल तिमीमाथि मात्र यस्तो विपत्ति आएको हैन, संसारमा यस्तै हुन्छ । मानिसहरूले यस्तो दुःख धैर्यपूर्वक सहन्छन् ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट