फाइल तस्बिर

समाचार

प्रदेश १ मा वर्षा र हिमपातको सम्भावना, बाँकी भूभागमा सामान्य

By खबरहब

November 21, 2021

काठमाडौँ – देशभर आज मौसम सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने विभागले जनाएको छ । प्रदेश १ का केही स्थानमा हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ ।

राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरू सामान्यतया सफा रहने उल्लेख छ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।