राजनीति

जसपा कार्यकारिणी समिति बैठक बस्दै, प्रदीप यादवको स्पष्टीकरणको छिनोफानो

By खबरहब

November 21, 2021

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सरकारमा पार्टीको भूमिका, समसामयिक विषय र भावी रणनीतिबारे छलफल हुने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

उनकाअनुसार पर्साबाट निर्वाचित सांसद प्रदीप यादवको स्पष्टीकरणको टुंगो पनि आजको बैठकले लगाउनेछ ।

यादवलाई मन्त्री नबनाएको भन्दै पर्सामा प्रदर्शन भएको थियो । उपेन्द्र यादव र जसपाको झण्डा नै जलाइएको थियो । यो सबै यादवले नै गराएको भन्दै पार्टीले उनलाई सात बुँदे स्पष्टीकरण सोधेको थियो । यादवले त्यसलाई अस्वीकार गर्दै जवाफ पठाइसकेका छन् ।

उनको जवाफमाथि छलफल गरेर कारबाही गर्न कि सफाइ दिने भन्ने निर्णय केन्द्रीय कार्यकारिणी समितिले गर्नेछ ।