फाइल फोटो

राजनीति

अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै एमाले उपाध्यक्ष रावल (लाइभ)

By खबरहब

November 21, 2021

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दैछन् ।

यसबारे उनले अहिले काठमाडौँमा पत्रकार सम्मेलन गरेर जानकारी गराइरहेका छन् । केपी ओलीलाई संस्थापन खेमाले सर्वसम्मत अध्यक्षमा निरन्तरता दिन खोजिरहेका बेला रावलको उम्मेदवारी आउन लागेको हो ।

दुई साताअघि गृह जिल्ला आछाममा आयोजित एक कार्यक्रममा उपाध्यक्ष रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका थिए। एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उनी असन्तुष्ट छन् । १० बुँदे कार्यान्वयन नहुँदा उनको सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी खोसिएको छ ।