अन्तर्राष्ट्रिय

सुडानका प्रधानमन्त्री हामडोक सम्झौतापछि सरकारको नेतृत्वमा फिर्ता हुने

By खबरहब

November 21, 2021

खार्तुम– सुडानमा गत महिनाको सैन्य विद्रोहपछि पक्राउ परेका नागरिक नेतृत्वलाई रिहा गर्ने जनरल अब्देल फताह अल–बुर्हान र प्रधानमन्त्री अब्दल्ला हमडोक सम्झौता भएको छ ।

यस सम्झौतापछि सुडानका प्रधानमन्त्री हामडोक सरकारको नेतृत्वमा फिर्ता हुन लागेको मध्यस्थकर्ताहरूले आइतबार जनाएका छन् ।

जनरल बुर्हान प्रधानमन्त्री हामडोक, राजनीतिक शक्तिहरु र नागरिक समाज संगठनहरुबीच हमडोकलाई आफ्नो पदमा फर्काउने र राजनीतिक बन्दीहरूको रिहाइका लागि राजनीतिक सहमति भएको वरिष्ठ सुडानी मध्यस्थकर्ता फदलाल्लाह बर्माले एएफपीलाई बताएका छन् ।

सुडानी मध्यस्थकर्ताहरूको समूहले पनि सम्झौताको पुष्टि गर्दै एक विज्ञप्ति जारी गरेको समाचारमा जनाइएको छ । एएफपी