राजनीति

भारतीय टेलिभिजन च्यानल प्रधानमन्त्रीले उद्घाटन गर्नु नाजायज : ज्ञवाली (भिडियो)

By खबरहब

November 21, 2021

काठमाडौँ– नेकपा (एमाले)का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विदेशी लगानी भित्र्याएर टेलिभिजन उद्घाटन गरिनु जायज नभएको बताएका छन् ।

प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले आइतबार काठमाडौँमा गरेको ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक कार्यक्रममा ज्ञवालीले बाह्य लगानी निषेध गरेको क्षेत्रमा लगानी हुनु र प्रधानमन्त्रीले नै त्यसको उद्घाटन गर्नु जायज नभएको बताए । यसअघि पतञ्जलीले शुभारम्भ गरेको दुई नेपाली च्यानलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । उक्त च्यानलले नेपालमा अनुमति नलिएको भन्दै बिरोध सुरु भएको छ ।

त्यस्तै ज्ञवालीले नीतिका बारेमा विधान महाधिवेशन गरेसकेकाले अबको महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकता हुने बताए । उनले हरसम्भव सहमतिका आधारमा नेतृत्व चयन हुने पनि धारणा राखे ।

एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।