बाल विवाहसम्बन्धी कसुरमा २ जना पक्राउ

By खबरहब

November 21, 2021

दैलेख– बाल विवाहसम्बन्धी कसुरमा दैलेखमा दुईजना पक्राउ परेका छन् । उमेर नपगेकी युवति विहे गर्ने दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका २ का भक्तिराम कँडेल र उनीसँग बिहे गर्ने किशोरी पक्राउ परेकी हुन् ।

किशोरीको नाम र ठेगाना गोप्य राखिएको छ । प्रहरीले ती किशोरीको कोड नाम ६२ दैलेख क८७ राखेको छ । प्रहरीका अनुसार कँडेलले ती किशोरीलाई ललाईफकाई घर ल्याएका थिए ।

दुबैजनालाई जिल्ला अदालत दैलेखले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । प्रहरीले यो विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

केटा वा केटीको उमेर २० वर्ष नपुगी बिहे गर्नुलाई कानूनीरुपमा बन्देज गरिएको छ ।