राजनीति

महोत्तरीका आठ क्षेत्र मध्ये चारमा सर्वसम्मत नेतृत्व चयन

By खबरहब

November 21, 2021

महोत्तरी– नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत महोत्तरीमा आठ प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये चार क्षेत्रमा निर्वाचन सर्वसम्मत रूपमा टुंगिएको छ ।

बाँकी चार क्षेत्रमा विवादका कारण अझै सहमति जुट्न नसकेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ ।

सहमति बनेका चार क्षेत्रबाट १८–१८ जना प्रदेश अधिवेशन प्रतिनिधि चयन भएको कांग्रेस महोत्तरीका सभापति महेन्द्र रायले जानकारी दिए ।

‘बाँकी चार क्षेत्रमा सहमति जुटाउने गृहकार्य भइरहेको छ । सहमति नजुटेमा हामी निर्वाचन गर्ने छौं’, उनले भने ।