An excavator fills a dumper truck with ore at the Kibali gold mine Haut-Uele province, Democratic Republic of Congo October 8, 2021. Picture taken October 8, 2021. REUTERS/Hereward Holland - RC2H5Q9OPPD3

अन्तर्राष्ट्रिय

कंगोमा ८ जना चिनियाँ नागरिकको अपहरण

By खबरहब

November 21, 2021

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कंगोमा ८ जना चिनियाँ नागरिक हतियारधारी समूहबाट अपहरणमा परेका छन् । समाचार एजेन्सी एएनआईका अनुसार दक्षिणपूर्वी क्षेत्रस्थित एक सुन खानीबाट चिनियाँहरू अपहरणमा परेका हुन्।

यस क्रममा हतियारधारी समूह र सेनाबीच झडपसमेत भएको थियो । जहाँ एक सैनिक मारिएको बताइएको छ । दक्षिणी किभु प्रान्तको मुकेरा गाउँमा आइतबार यस्तो घटना भएको बताइएको छ ।

तर हतियारधारी समूहबारे कुनै पहिचान भएको छैन । एएनआईका अनुसार चिनियाँ खानी कम्पनीहरू र स्थानीय अधिकारीबीच पहिलेदेखि नै तनाबपूर्ण सम्बन्ध रहँदैआएको छ । जहाँ केही कम्पनीले इजाजतपत्र बिना गैरकानुनी रूपमा खानी सञ्चालन गरिरहेका छन्।