राजनीति

माओवादी केन्द्रको वाग्मती अध्यक्षमा पौडेल विजयी

By खबरहब

December 21, 2021

काठमाडौँ – नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेशको अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन् ।

काभ्रेपलान्चोकका दीननाथ गौतमलाई पराजित गर्दै सिन्धुपाल्चोकका पौडेल अध्यक्षमा निर्वाचित भएका हुन् । विजयी भएका पौडेलले १६२ मत ल्याउँदा गौतमले ८६ मत मात्रै पाए ।

उपाध्यक्षमा रुपा महर्जन, प्रेमबहादुर पुलामी र रामप्रसाद ढुंगाना विजयी भएका छन् । सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ छिन्ताङ निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् भने कोषाध्यक्षमा संगीता भट्टराईले जित हात पारिन् ।

१० दिनसम्म पनि अध्यक्षसहित पदाधिकारीमा सहमति हुन नसकेपछि बागमती प्रदेशको अध्यक्ष र पदाधिकारीका लागि पहिलोपटक गएराती चुनाव भएको हो । अरु प्रदेशमा माओवादीले सहमतिमा पदाधिकारी चयन गरेको थियो ।