फाइल फोटो

राजनीति

कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू, एमाले पनि सहभागी

By खबरहब

December 21, 2021

काठमाडौँ- प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक शुरू भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले डाकेको बैठकमा एमाले पनि सहभागी भएको छ ।  नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा १२ बजेदेखि जारी बैठकमा एमालेका तर्फबाट प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र लालबहादुर थापा सहभागी छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी भए पनि विगतमा झैँ संसद अवरूद्ध भने कायमै रहने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तरको अवरोधका कारण संसद्को कामकारबाही प्रभावित हुँदै आएको छ । एमालेले आफूले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना टाँस नभएसम्म बैठक अवरुद्ध पार्ने बताउँदै आएको छ ।