राजनीति

सदनमा एमसीसी प्रस्तुत गर्नु सरकारको दायित्व हो : गृहमन्त्री खाँण

By खबरहब

December 21, 2021

धनुषा-  गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौता सदनमा प्रस्तुत गर्ने सरकारी दायित्व पूरा गरिने बताएका छन् ।

मंगलबार जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा भएकाले त्यसलाई सदनमा प्रस्तुत गर्नु वर्तमान सरकारको दायित्व भएको बताएका हुन् ।

‘एमसीसी पूर्ववर्ती सरकारका पालामै अघि बढेको हो । नेपाल सरकारले नै एमसीसीको प्रस्तावलाई अगाडि बढाएकाले सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व हो,’ उनले भने ।

गृहमन्त्री खाँणले एमसीसी परियोजना ऋणमा नभइ निशर्त अनुदान भएको स्पष्ट पनि पारे ।